निकोलससँग वार्ता गर्न सरकारी टोली
फाइल फाेटाे
पाँच बुँदे मागसहित दश दिनदेखि माइतीघरमा अनसनरत निकोलस भुसालसँग संवादको लागि सरकारले चार सदस्यीय वार्ता टोली बनाएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको नेतृत्वमा वार्ता समिति गठन गरिएको हो ।
समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री कार्यालयका सहसचिव भीष्म भुसाल र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने, संविधान पुनर्लेखन, राष्ट्रिय सभा र प्रदेश सभा खारेज, उच्चस्तरीय भ्रष्टाचार छानविन आयोग गठनलगायतका माग राख्दै आएका भुसालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताइन्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत आज भुसालको ज्यान बचाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू