प्रधानमन्त्री पुत्ला जलाउन गएका वैद्यका कार्यकर्ताको नाराबाजी
मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।
बढ्दो मंहगी,भ्रष्टाचार र राष्ट्रघाती सन्धी सम्झाैताको विरोध भन्दै सो पार्टीका कार्यकर्ताले आज अपराह्न रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर प्रधानमन्त्रीको पुत्ला दहनसहित विरोध कार्यक्रम गरेका हुन् । करिब तीन दर्जनको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारावाजीसमेत गरेका थिए ।
तर, प्रहरीले उत्तिन्खेरै पुत्ला खोसेर निभा…