पाण्डेको पजनी हुन लागेकै हो र !

पाण्डेको पजनी हुन लागेकै हो र !

प्रतिनिधि सभाको रिक्त महासचिवका लागि सिफारिस भएका पदमप्रसाद पाण्डेले नियुक्ति पाउने सम्भावना कमजोर बन्दै गएको छ । 

राष्ट्रिय सभा अध्यक्ष र सभामुखको सिफारिसमा संसदीय महासचिवको नियुक्ति राष्ट्रपतिले गर्ने प्रावधान छ । सिफारिस गर्ने दुवै जना एमालेसम्बद्ध रहेको र उनीहरूले आपूm अनुकूलको पूर्व नायव महान्यायाधिवक्तलाई सिफारिस गरेको भन्दै अरुले आलोचना गर्र्दै आएका छन् भने राष्ट्रपतिको कार्यालयले पनि कानुनसम्मत नभएको अड्को थापेको देखिन्छ ।

यसैकारण पाण्डे केही समय कायममुकायम महासचिवमैं थन्किने सम्भावना पनि छ । किनभने एकपल्ट कानुनसम्मत नभएको भनी रोकिएको सिफारिसलाई कानुनसम्मत बनाउँदा राष्ट्रपति कार्यालयकै निर्णयप्रति धेरै किसिमबाट प्रश्न उठ्न सक्छ ।

अर्कोतर्फ कामु महासचिव पाण्डेले विदेश पढ्न जाँदा पछिल्लो पटक सच्याएर प्रयोगमा ल्याएको नागरिकता प्रयोग गरेको कुरा उठेको छ । महासचिवको नियुक्ति सिफारिस भएपछि कुनै निश्चित समयसीमाभित्र सदर गर्नुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था पनि छैन । यस्तै काण्डको सुरुवात भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा भएको थियो ।

त्यसबेला प्रतिनिधि सभाको सचिवमा गोपालनाथ योगीको सिफारिस भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले एक डेढ वर्ष त्यत्तिकै अड्काएर राखेकी थिइन् । अहिले पनि डा. भरत गौतमलाई ९ महिना कार्यवधि बाँकी छँदै राजीनामा दिन बाध्य पारिएको छ ।

– भूमिश्वर गैरे
 

टिप्पणीहरू