ईश्वर पोखरेलको यस्तो अपमान

ईश्वर पोखरेलको यस्तो अपमान

एमालेले चलाएको ‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ पछि उक्त पार्टीका नेताहरु प्रष्ट भए, त्यो काम ‘चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिइिन्’ भनेजस्तो !

जहाँ–जहाँ गयो, त्यहाँ–त्यहाँ अध्यक्ष केपी ओली एकल वक्ता । पत्नी राधिका साथमा मात्रै हैन, अगाडि नै हुनुपर्ने । सबैले घोप्टिएर नमस्ते गर्नै पर्ने । हुँदाहुँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसम्मले ‘राधिका आमा’ सँग बस्न नपाउने, पञ्चायतकालीन प्रधानमन्त्रीझैं पछाडि नै बसेको हुनुपर्ने !

अध्यक्ष ओलीले देशवासीलाई ‘म स्वस्थ छु, तन्दुरुस्त छु’ भन्ने सन्देश दिनका निम्ति चलाउनुभएको उक्त यात्रा दलीय नभई एकल भएको एक जना सचिवले जनआस्थालाई बताए । उनले भने, ‘राजाकालीन समयको नयाँ संस्करणजस्तै भयो ।’

‘झुलाघाट–चिवाभञ्ज्याङ यात्रा’ मात्रै हैन, अहिले एमालेमा जे–जे देखिन्छ, सबै सन्दर्भ त्यसरी नै सम्पन्न भइरहेका छन् । बैठक बस्यो, उद्घोषण, प्रस्ताव प्रस्तुतिकण, पारित गर्नेदेखि बैठक समापनसम्मको काम ओली एक्लैले गर्नुहुन्छ । अरुले अन्तिममा ताली बजाइदिनेमात्रै हो । ती नेताले भने, ‘अब पार्टीको बैठकमा मौसुफको के छ भन्ने दिन आउन मात्र बाँकी छ ।’

एमालेमा पात्रहरु पनि त्यसरी नै विकास गरिएका छन्, जसरी लिच्छवीकालमा राजा मानदेवले जिल्ला जिल्लामा सामन्त तोक्थे र ती विस्तारै महासामन्त हुन्थे ।
 

टिप्पणीहरू