सरकारी बिजनेस कम्प्लेक्स
डेढ अर्ब स्वाहाऽ पारेर बनाएको ‘दमक भ्यू टावर’ हालै उद्घाटन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट हालै यसको उद्घाटन भएको हो । उहाँकै हातबाट शिलान्यास भएको थियो । उहाँकै हातबाट उद्घाटन भयो । तर शिलान्यासदेखि उद्घाटनसम्म पुग्दा यसको नामचाहिँ परिवर्तन भइरहेको रहेछ । शिलान्यास गर्दा ‘दमक भ्यू टावर’ थियो । उद्घाटन हुँदा ‘दमक बिजनेस कम्प्लेक्स’ भइसकेछ । प्रम ओलीले भन्नुभयो– ‘यो अब ठूलो बिजनेस कम्प्लेक्स बन्छ । यहाँ ठूलो बजार बन्…