सहकारीपछि अब बैंकबाट खतरा
संसदीय व्यवस्थामा मुख्य दुई ठूला शक्ति मिलेर सरकार बनाउने कुरालाई स्वाभाविक ठानिँदैन । नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसर सत्ता पक्षलाई खबरदारी गर्दै जनउत्तरदायी बनाउन बलियो प्रतिपक्ष यो प्रणालीको विशेषता हो । संसदीय व्यवस्थाको जननी मानिने बेलायत, विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक देश भनिएको छिमेकी मुलुक भारतलगायत यो व्यवस्था अपनाएका देशहरूमा अपवादबाहेक पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको इतिहास भेटिँदैन ।
संसदीय राजनीतिको यो मान्यताविपरीत गठित प्रधानमन्त्री …