एमालेबाट भीम रावल निकालिएकोमा कांग्रेस नेता असन्तुष्ट
डाक्टर भीमबहादुर रावललाई पार्टीबाट निकाल्ने नेकपा एमालेको निर्णयप्रति नेपाली काँग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विगतमा प्रश्न उठाएका तर सत्ता साझेदार भएपछि चुपचाप रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रावल प्रकरणमा आज बोलेका हुन् ।
दिउँसो पूर्वकर्मचारी समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले एउटा दलको निर्णयले मुलुकलाई प्रभाव पार्ने भन्दै रावललाई निकाल्ने निर्ण…