ओलीले यस्तरी पीर पोख्नुको अन्तर्य
मंसिर १७ गते चीन गएका प्रधानमन्त्री केपी ओलीले चार दिने भ्रमण सकेर २० गते फर्किंदा अब चाँडै भारत पनि जाने बताएका थिए । असार ३० गते प्रधानमन्त्री भएपछि परराष्ट्रमन्त्री डा. आरजु देउवालाई नयाँदिल्ली पठाए । भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो बुझाए । तर, भारतले भने अझै पनि बोलाउने छेकछन्द छैन । बरु, उल्टै पूर्वजासुसका नाममा भाजपानिकट सञ्चारमाध्यममार्फत नेपालको सरकार ढल्ने अभिव्यक्ति दिन लगाइएको छ । चीनबाट आउँदा भारत पनि जाने भनेर दिएको अभिव्यक्तियताका तीन हप्ता…