एमाले र माओवादीद्वारा बैठक बहिष्कार
गुल्मीको कालीगण्डकी गाउँपालिकाको कार्यपालिका बैठक एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । पालिका अध्यक्ष वेदबहादुर थापाले हप्कीदप्की गरेपछि आफूहरुले बैठक बहिष्कार गरेको उनीहरुको भनाई छ ।
अध्यक्ष थापा नसुध्रिएसम्म बैठक बहिष्कार गरिरहने चेतावनी दिएका छन् । स्वास्थ्य चौकी निर्माण र शिक्षक नियुक्तिमा एकलौटी गर्दै जनप्रतिनिधिलाई अपमान गरेको एमाले र माओवादी जनप्रतिनिधिहरुको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले उनीहरुको आरोप असत्य भएको बताए । चित्त नबुझेको कुरो कार्यपालिका बैठकमा राख्न उनको सुझाव छ । कार्यपालिकामा एमाले र माओवादीका उपाध्यक्षसहित १० जना र काँग्रेसका अध्यक्ष तथा जनमोर्चासहित पाँच सदस्य छन् ।
टिप्पणीहरू