सरकारको खबरदारीमा माओवादीपछि राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार छ महिना नपुग्दै असफल भएको निष्कर्ष निकाल्दै राप्रपाले खबरदारी सभा गर्न लागेको छ ।
पर्सि शनिबार इटहरीमा सभा हुने जनाउँदै राप्रपाले भनेको छ, ‘दुई ठूला दलको सरकार पनि राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, विकास निर्माणमा तिव्रता दिन, अर्थतन्त्र उकास्न असफल मात्र भएन जनतालाई निराश तुल्याएको छ । यथास्थितिबाट देश अघि बढ्न सक्दैन । सबै राजनीतिक दल र पक्षहरुका बीच नयाँ राजनीतिक सहमतिको आधार तयार पारौं । पौष १३ गते इटहरीमा हुने राप्रपाको खबरदारी सभामा सहभागी बनौं ।’
यसअघि गत कात्तिक १० गते प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गरेको थियो ।
टिप्पणीहरू