क–कसको के, कति सम्पत्ति जफत हुँदै छ ?
अकुत आर्जन गर्ने र श्रीसम्पत्ति ससुराली, सालीदेखि गर्लफ्रेण्डका नाममा लुकाउने एकपछि अर्का भ्रष्ट कर्मचारीको सम्पत्ति राज्यले जफत गर्ने काम बल्ल अगाडि बढेको छ ।
गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले त्यस्ता कर्मचारीद्वारा आर्जित सम्पत्ति जफत गरी राज्यमातहत ल्याउने प्रस्ताव बल्ल क्याबिनेटमा पठाउन लागेको हो । सम्भवतः बिहीबार वा त्यसपछिको क्याबिनेटमा यो प्रस्ताव पुगिसक्ने उक्त विभागले जनाएको छ । अहिले त्यसका लागि ५ जना शाखा अधिकृतको फरक–फरक समिति बनाएर लगत स…