सहसचिवलाई लखेटे सुब्बाले
बदमासी गर्ने सुब्बालाई तह लगाउन खोज्दा उल्टै हाकिम सेकिए ! भिजिट भिसाको नाममा बिचौलियासँग मिलेर झण्डै डेढ करोड रकम असुलेको आरोप लागेपछि एक जना कम्प्युटर अपरेटरको सरुवा गर्न खोज्ने सहसचिव उल्टै सेकिएका छन् ।
मन्त्रीका छोराको क्लास मेट सुब्बाले भएभरका भिटो प्रयोग गरेर आफ्नो सरुवा गराउन खोज्ने कार्यालय प्रमुखलाई हुत्याइदिएका छन् । यस्ता जब्बर र डन सुब्बा हुन् राजीव महतो । त्रिवि अध्यागमनमा कम्प्युटर अपरेटर उनी लामो समयदेखि त्यहीं थिए । यसअगाडि सिन्धुपाल्चोक जिल्ला प्रशासन क…