प्रस्तावित न्यायाधीशले निष्पक्ष न्याय दिनेमा शंका
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भनी प्रश्न सोधेका छन् ।
आज संसदीय सुनुवाई समितिको बैठकमा उनले न्यायाधीश नियुक्त भए निष्पक्षरूपमा न्याय सम्पादन गर्ने विश्वास दिलाउन भनेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष रहेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने शर्माको भनाइ रह्यो ।
बार स्वतन्त्र हुनुपर्ने भएपनि राजनीतिक पक्षधरता रहने गरेको उल्लेख गर्दै …