सिंहदरबारमा श्याम र सुमनाकाे भनाभन
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठबीच चर्काचर्की परेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दुई जनाबीच भनाभन भएको हो । समितिका सभापति अम्मरबहादुर थापाले पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनालाई बोल्न समय दिएका थिए । त्यसपछि उनले बोल्दै गर्दा श्यामले बिचैमा खण्डन गरेपछि भनाबैरी चलेको हो ।
‘उपसमितिले यति राम्रो बुँदा राखेको थियो, तर त्यही बुँदा हटाउने गरी किन…