भृकुटीमण्डपमा एमाले अध्यक्षको योगाभ्यास
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगाभ्यास गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले योगाभ्यास गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष ओलीले योगसम्बन्धी प्रवचन पनि दिनुभयो ।
शारीरिक स्वास्थ्य र मन शान्तिका लागि महत्वपूर्ण योग अभ्यास सबैले गर्नुपर्नेमा उहाँको जोड छ । त्यसक्रममा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, महेश बस्नेतसह…