सडकमा ओर्लिएका क्रसर व्यवसायीलाई सिंहदरबार बोलाइयो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत क्रसर व्यवसायीलाई वार्तामा बोलाएको छ ।
आज नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई पत्र लेख्दै मन्त्रालयले वार्ताका लागि आह्वान गरेको हो । ‘माननीय मन्त्री (संघीय मामिला तथा सामान्य प्रशासन) को विशेष उपस्थितिमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा क्रसर उद्योग समस्या समाधान तथा व्यवस्थापन हुने सम्बन्धमा मिति २०८१-०३-०७ गते दिउँसो ३ बजे छलफल बैठकमा तहाँ महासंघबाट प्रतिनिधिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।
क्रसर उद्योग नवीकरण माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुले गत असार १ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
टिप्पणीहरू