आन्दोलनकारीलाई सघाउँदै ठेकेदारहरु

आन्दोलनकारीलाई सघाउँदै ठेकेदारहरु

क्रसर व्यवसायीहरुको आन्दोलनमा नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यबद्धता जनाएको छ । 

आज राजधानीको माइतीघर पुगेर महासंघ महासचिव रोशन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनप्रति महासंघको तर्फबाट समर्थन जनाएका हुन् । क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायी नै पहिलो मारमा पर्ने जनाउँखै उनले व्यवसायीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ’, महासचिव दाहालले भने, ‘महासंघको ऐक्यब्द्धता रहेको छ । यहाँहरुको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनेर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेशा व्यवसायीहरुलाई निरुत्साहित बनाउने काम गरिरहेको छ ।’

क्रसर उद्योगको लाइसेन्स नवीकरणको माग राख्दै व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

टिप्पणीहरू