गृहमन्त्रीविरुद्धको एक थान मुद्दाका कारण ५३ वटा मुद्दा बेवारिस
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको इजलास नम्बर २ मा बिहानदेखि सुनुवाइ जारी छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा बहस भइरहेको छ ।
सोही मुद्दाका कारण उहाँहरुको संयुक्त इजलासमा रहेका अन्य ४३ वटा मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको लामिछानेविरुद्धको मुद्दामा सहकारी रकम अपचलन गरेकाले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गरिएको छ । गत मंगलबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले पेसी सूचीको १ नम्बरमा रहेको उक्त मुद्दालाई हेर्न नमिल्ने भनेर पन्छाएको थियो ।
जेठ २८ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अग्राधिकार दिएर मुद्दाको पेसी तोकेको थियो । आज अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा बहस भइरहेको छ । श्रीमानहरुले मागबमोजिम नभई मध्यमार्गी आदेश गर्नसक्ने आकलन गरिएको छ ।
टिप्पणीहरू