एक साताभित्र नेपालमा तेस्रो चिनियाँ टोली

एक साताभित्र नेपालमा तेस्रो चिनियाँ टोली

चीनको सिचुआन प्रान्तीय पार्टी कमिटीका उपाध्यक्ष तथा चिनियाँ प्रजातान्त्रिक राष्ट्रिय निर्माण संघको सिचुआन प्रान्तीय समितिका अध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।

सिये साङहुवा नेतृत्वको प्रतिनिधिमण्डल छन्तुबाट बिहान काठमाडौं आइपुगेको हो ।

यसअघि काठमाडौं आएको सिचुआन प्रान्तका उप गभर्नर ये हानपिङ नेतृत्वको टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ । त्यसअघि नेपाल भ्रमणमा चिनियाँ सर्वोच्च अदालतका न्यायाधीश लिउ कुइसियाङ आउनुभएको थियो ।

टिप्पणीहरू