फेरि कोभिडको बुस्टर लगाउन आह्वान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि पहिलो र दोस्रो मात्रा खोप लगाएकालाई अनिवार्य बुस्टर डोज लगाउन मन्त्रालयले अनुरोध गरेको हो ।
छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारण नेपाल भित्रिन सक्ने भन्दै मन्त्रालयले सजगता अपनाउन पनि आग्रह गरेको छ । हालसम्म नेपालमा बिएफ–७ नामक कोरोना भाइरसको नयाँ प्रजाति द…