फेरि कोभिडको बुस्टर लगाउन आह्वान

फेरि कोभिडको बुस्टर लगाउन आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि पहिलो र दोस्रो मात्रा खोप लगाएकालाई अनिवार्य बुस्टर डोज लगाउन मन्त्रालयले अनुरोध गरेको हो ।

छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारण नेपाल भित्रिन सक्ने भन्दै मन्त्रालयले सजगता अपनाउन पनि आग्रह गरेको छ । हालसम्म नेपालमा बिएफ–७ नामक कोरोना भाइरसको नयाँ प्रजाति देखिएको छैन । 

कोभिड–१९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा तथा अन्तराष्ट्रिय विमानस्थलहरुबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सीङ गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू