मन्त्रीको पदबहालीपछि गृह मन्त्रालयको निर्देशन ‘४८ घण्टाभित्र सुरक्षाकर्मी फिर्ता गरियोस्’
गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत हुने गरी सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न गृहले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मातहतका सुरक्षा निकायलाई उक्त कार्यविधिको पालना गर्न अह्रा…