भारतीयलाई छोरा बनाएर नागरिकता लिन खोज्नेहरु पक्राउ

भारतीयलाई छोरा बनाएर नागरिकता लिन खोज्नेहरु पक्राउ

झूठा विवरण पेश गरी भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले एक महिला र युवकलाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नं. ३ तरही टोल बस्ने फुलिया देवी मुखिया र भारतको मधुवनी थाना फूलपरास बस्ने २० वर्षीय धिरजकुमार मुखिया पक्राउ परेका हुन् । 

नेपाली नागरिक फुलियाले भारतीय नागरिक लोचन मुखिया र रीता मुखियाको २० वर्षीय छोरा धिरजकुमारलाई आफ्नो छोरा भनी गलत कागजात पेश गरी नागरिकता लिन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नासाथ सप्तरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसूरमा सात दिन म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

टिप्पणीहरू