गृहमन्त्री नदिए समर्थन फिर्ता लिने धम्की
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तेस्रो कार्यकाल शुरु भएकै दिन दाँतमा ढुङ्गा लागेको छ । आज गठित आठ सदस्यीय मन्त्रिमण्डलमा तीन जना उपप्रधानमन्त्री राख्ने- नराख्ने र क-कसलाई कु पोर्टफोलियो दिने भन्ने लफडा बिहानै सत्ता साझेदार दलहरूवीच चल्दा टाउको दुखेको हो । यसैकारण ४ जना मन्त्रीले शपथ खाएर पनि मन्त्रालयमा बहाली हुन भने पाएनन् । एमालेबाट अर्थमा विष्णु पौडेल,माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले म…