एमालेका चार मन्त्रीको नाम फाइनल

एमालेका चार मन्त्रीको नाम फाइनल

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने चार मन्त्रीको नाम फाइनल गरेको छ । एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बैतडीका दामोदर भण्डारी,बाराकी ज्वालाकुमारी साह र धनकुटाका राजेन्द्र राईलाई मन्त्री बनाउन लागेको हो ।

पौडेलले उपप्रधान र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । बाँकी ३ जनाको भने मन्त्रालय तय भैसकेको छैन । उनीहरूको आजै शपथ ग्रहण हुनेछ ।

केही बेरपछि नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिनुहुनेछ । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने शपथ कार्यक्रममा सत्ता गठबन्धनबाट सिफारिसमा परेका अन्य मन्त्रीहरूले शपथ लिने जनाइएको छ ।

टिप्पणीहरू