मोटरसाइकल चोर्ने भारतीय सीमामा समातिए

मोटरसाइकल चोर्ने भारतीय सीमामा समातिए

पर्सामा मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका–२६ का २० वर्षीय रामप्रवेश पटेल र २६ वर्षीय अशोक पटेलसँगै भारतको बिहार राज्य पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे र २० वर्षीय आकाश तिवारी समातिएका हुन् । 

धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबुकुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकल चोरेर लैजाने क्रममा प्रहरीले रामप्रवेश पटेललाई समातेको थियो । पटेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्ने क्रममा थप तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट प्रहरीले ना.५२ प ५०२४, ना. २७ प ७८४७, ना. ११ प ११२१, ना. ५३ प ७१०६, ना. ३७ प ९८१८, ना. ४६ प ८६२७  र म.प्र. ०३–००८ प ७१८६ नम्बरको मोटरसाइकल बरामद गरेको जनाइएको छ । चारै जनालाई चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू