राप्रपाले सबै हिसाब निकालेर मात्रै मन्त्रीको टुंगो लगाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागिता हुने/नहुने विषयमा थप छलफलपश्चात मात्रै निर्णय गर्ने भएको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्ता साझेदार दलहरुसँग छलफल गर्न वार्ता कमिटी बनाउने निर्णय गरेपनि सरकारमा जाने/नजानेबारे निर्णय गरिनसकेको एक नेताले बताएका छन् । उनका अनुसार बैठकमा बोल्ने अधिकांश सदस्यले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताद्वय पशुपति समशेर राणा,डा.प्…