पूर्वाश्यक पाठ्यक्रम जाँचमा आधामात्रै पास
राष्ट्रिय परीक्षा बोर्डद्धारा सञ्चालित पूर्वावश्यक पाठ्यक्रम परीक्षामा २२२ जना उत्तीर्ण भएका छन् ।
बोर्डद्वारा प्रकाशित परीक्षाफलअनुसार नियमिततर्फ ४०६ र आंशिकतर्फ ३२ जना गरी कुल ४३८ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ २१४ र आंशिकतर्फ ८ जना गरी कुल २२२ जना परीक्षार्थीले उत्तीर्ण गरेको बोर्डले जनाएको छ ।
उक्त परीक्षा कात्तिक २३ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले मौका परीक्षा यही पौष ३० गते हुने जानकारी दिँदै पुस २४ गतेभित्र आवेदन बुझाउन भनेको छ ।
टिप्पणीहरू