नयाँदिल्ली टेक्नासाथ कोरोना परीक्षण अनिवार्य

नयाँदिल्ली टेक्नासाथ कोरोना परीक्षण अनिवार्य

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशबाट आएका यात्रुको कोरोना परीक्षण गर्न थालिएको छ । चीन,अमेरिका, फ्रान्स,जापान,दक्षिण कोरिया, थाइल्याण्डलगायत विभिन्न मुलुकमा कोभिड १९ संक्रमण बढेकाले सतर्कता अपनाउन परीक्षण थालिएको बताइएको छ ।

भारतले छानिएका यात्रुको मात्रै परीक्षण थालेको र संक्रमण फैलिएका मुलुकबाट आएका यात्रुले कोभिड परीक्षणको रिपोर्ट ल्याउनुपर्ने व्यवस्था गरेको छ । भारतमा कोरोना विरुध्दको खोप लगाउन आग्रह गर्दैै यसअघि लगाएकालाई बुस्टर डोजको लागि आवश्यक तयारी थालेको छ ।

टिप्पणीहरू