समाचार

अमेरिकी फौजी सम्मेलनमा नेपाली सैन्य अधिकारीहरु सहभागी हुँदै

अमेरिकाको फ्लोरिडामा हुन लागेको फौजी सम्मेलनमा भाग लिन नेपाली सेनाका वरिष्ठ अधिकृतहरु त्यसतर्फ गएका छन् । उनीहरु गएराति कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा काठमाडौंबाट दोहा हुँदै अमेरिका गएका हुन् । भोलिदेखि हुन लागेको इन्टरनेसनल स्पेसल अपरेसन फोर्सेस वीक कन्फरेन्स २४ मा भाग लिन सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सन्तोषकुमार ढकालको नेतृत्वमा नेपाली टोली अमेरिका गएको हो ।  टोलीमा अर्का सदस्य सहायक रथी सुवर्णकुमार विष्ट रहेको बुझिएको छ ।

Page 10 of 1054