बालीमा हनिमुन मनाएका काँग्रेस सभापतिका छोरा–बुहारी आमासँगै मध्यरातमा जापान

बालीमा हनिमुन मनाएका काँग्रेस सभापतिका छोरा–बुहारी आमासँगै मध्यरातमा जापान

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नवविवाहित छोरा–बुहारी गएराति जापान उडेका छन् । छोरा जयवीर देउवा र बुहारी सिवाना श्रेष्ठ राति साढे १ बजे क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६४० मा हङकङ हुँदै त्यता गएको बताइएको छ ।

उनीहरुसँगै आमा तथा नेपाली काँग्रेस नेत्री एवम् प्रतिनिधि सभा सभासद आरजु राणा देउवा पनि जापान गएकी छन् ।

यसअघि छोरा–बुहारी हनिमुन मनाएर वैशाख पहिलो साता काठमाडौं फर्केका थिए । इण्डोनेसियाको बालीमा हनिमुन मनाएर फर्किएका नवविवाहित दम्पतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिइएकोमा चर्को आलोचना भएको थियो ।

टिप्पणीहरू