जापानी विदेशमन्त्री विशेष विमानमा आउँदै

जापानी विदेशमन्त्री विशेष विमानमा आउँदै
सुन्नुहोस्

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आइपुग्दै हुनुहुन्छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा आउन लाग्नुभएका जापानी विदेशमन्त्री योको बिहान साढे ११ बजे कोलम्बो हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

उहाँ विशेष विमान भिजेटी ३६९ जी मा आउन लाग्नुभएको हो । भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । समकक्षी मन्त्री श्रेष्ठसँग उहाँले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

योको जापानको विदेशमन्त्री नियुक्त भएपछि यो पहिलो नेपाल भ्रमण हो । पछिल्लो समय जापान वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य बनेको छ । जापानमा डेढ लाखभन्दा बढी नेपाली अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा छन् ।

टिप्पणीहरू