समाचार

राजधानीका धेरै स्थानमा भोलिदेखि पालैपालो बिजुली बन्द

राजधानीका विभिन्न स्थानमा भोलिदेखि केही समय विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।  जसअनुसार नयाँबजार फिडरअन्तर्गत खुसिबू, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पतालमा भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।  पर्सि पनि नयाँबजारसहित क्षेत्रपाटी फिडरमा सोही समयसम्म बत्ती जाने जनाइएको छ …

Page 11 of 1073