समाचार

पूर्वराजा ज्ञानेन्द्र पाटन दरबारमा

पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । आज अपरान्ह उहाँ पूजापाठको क्रममा पाटन दरबार स्क्वायर पुग्नुभएको हो । सो क्रममा पूर्वराजालाई सयौँ राजावादीहरुले बाजागाजासहित स्वागत गरेका थिए ।  नेपालको राष्ट्रिय झण्डा लिएर उपस्थित राजावादीले जयजयकारसमेत गरे । भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजाआजा गर्नुभएको हो ।  त्यसअघि उहाँ बंगलामुखी मन्दिर जानुभएको थियो ।

Page 1 of 1073