अपराध

श्रीमतीको टाउको काटेर झोलामा बोक्ने श्रीमान पक्राउ

सुर्खेत पञ्चपुरी  नगरपालिका-३ तोक्मा बजारमा एक श्रीमानले श्रीमतीको टाउको काटी झोलामा बोकेर हिंड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही नगरपालिका निवासी ३८ बर्षीय अमरबहादुर आले मगर रहेको बताइएको छ। आज दिउँसो तीन बजे श्रीमतीलाई  हत्या गरी टाउको झोलामा लिएर हिडेका मगरलाई साढे तीन बजे नियन्त्रणमा लिएर जिल्ला प्रहरी ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपीसुरज अधिकारीले जनआस्थालाई जानकारी दिनुभयो ।

Page 194 of 263