उषाकला राईको मृत्युमा सँलग्न महिलाहरु पक्राउ

उषाकला राईको मृत्युमा सँलग्न महिलाहरु पक्राउ

धरानकी उषाकुमारी राईको हत्यामा संलग्न ४ जना महिलालाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेकोे छ । धरान प्रहरीले विभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकोे हो । 

पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी धरान १३ सूर्य मार्गकी ५५ बर्षीया उर्मिला राई रहेकी छन् । त्यस्तै २६ बर्षीया सुमित्रा राई,धरान १७ की २९ बर्षीया सुसेली राई, ४० बर्षीया रत्न लिम्बु सुब्बा रहेका छन् । उनीहरु सबैलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले  जानकारी दिनुभयो ।

उनीहरुले धरान १३ मा डेरा गरी बस्ने एकल महिला उषाकुमारी राईलाई सामुहिक कुटपिट गरेका थिए । कुटपिटबाट घाइते उषाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंसिर १३ गते मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको छ ।

उक्त घटनामा सिर्जना राई,मीना राई र निरकुमारी गुरुङको पनि संलग्नता भएको भन्दै जाहेरी परेकोले  खोजी भइरहेको हो ।  नाम नखुलेका तर घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि अनुसन्धान,पहिचान गर्ने र खोजी गर्ने काम भइरहेको बुझिएको छ ।

टिप्पणीहरू