आगो तापिरहेका प्रभु यादवमाथि खुकुरी प्रहार, श्रीमती र छोराहरु घाइते

आगो तापिरहेका प्रभु यादवमाथि खुकुरी प्रहार, श्रीमती र छोराहरु घाइते

धनुषामा आगो तापिरहेका एक जनामाथि खुकुरी प्रहार गरिएको छ । प्रहारबाट मिथिला बिहारी नगरपालिका–४ रमौलाका ५३ वर्षीय प्रभु यादवको ज्यान गएको छ । मृतकका छोरा अशोक यादवका अनुसार गएराति स्थानीय सुरज यादव परिवारको समूहले हतियारसहित घरमै आएर आक्रमण गरेपछि प्रभुको प्राणान्त भएको हो ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ, माहिलो छोरा सन्तोष र कान्छो अशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुई वटा औंला काटिएको छ । अन्यको प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीले दुई परिवारबीच जग्गा विवाद रहेको आशंका गरेको छ । राति ८ बजे घरमा खाना खाएर सबैजना आगो ताप्न बसेको समयमा सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेको हो ।

टिप्पणीहरू