सुन ओसार्ने दुई भारतीय नागरिक समातिए

सुन ओसार्ने दुई भारतीय नागरिक समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । भारतको केरला बस्ने कुनापपिली मोइडिन सिरज र फैजल काठाडियल अबुलाई प्रहरीले आज ९०० ग्राम सुनसहित समातेको हो । डिपार्चर एरियामा सुरक्षा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट सुन फेला परेको प्रहरीले बताएको छ ।  ईन्डिगो एयरलायन्सको उडान नम्बर ६ई०३२ बाट दिल्ली जान लागेका उनीहरुको लुगाभित्रबाट प्रहरीले सुन निकालेको हो । 

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनीहरु आज बिहान छुट्टाछुट्टै विमानमार्फत काठमाडौं आएको पाइएको छ । एक जना एफजेड ५८७ को उडानबाट दुबई हुँदै काठमाडौं आएका हुन् भने अर्को जी९५३६ को उडानबाट आएको खुलेको छ ।

टिप्पणीहरू