श्रीमतीलाई घरमा मारेर राजमार्गमा पोल्ने डिआइजीकी प्रेमिका मलेसियामा

श्रीमतीलाई घरमा मारेर राजमार्गमा पोल्ने डिआइजीकी प्रेमिका मलेसियामा

श्रीमती गीता ढकाललाई बूढानीलकण्ठस्थित घरमा मारेर त्रिभुवन राजपथको सिमभञ्ज्याङ पुर्याई सडक छेउमा पोल्ने सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी रन्जन कोइराला अहिले फेरि जेलमा छन् । अघिल्लो वर्ष केही समय छुटेका उनी सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पुनः कारागारमा पुगेका हुन् । 

उनकी गर्लफ्रेण्ड तारा रेग्मी भने यतिखेर बिदेशमा छिन् । ‘तारा रेग्मी मलेशिया गएकी छन्,म्यानपावर  व्यवसायको क्रममा त्यता गएकी हुन्,’तारासँग निकटस्थ एक जनाले बताए । ताराले पहिलेदेखि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएको र अहिले पनि त्यसैमा सँलग्न रहेको स्रोतको दाबी छ । कोइरालाले चीनबाट छुट्टीमा आएर श्रीमतीलाई मार्नुभन्दा धेरै अघिदेखि उनीसँग ‘अच्छा सम्बन्ध’ राख्दै आएको बताइन्छ । उनीहरु प्रेम सम्बन्धमा रहेको विषय गीताको मृत्युपछि छताछुल्ल भएको थियो । 

यही मङ्ग्सिर २८ गतेदेखि भूपू हुन लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेरको आदेशमा केही वर्षको जेल बसाइबाट छुटेपछि कोइराला उनै रेग्मीसँग बसेका थिए । तर गत जेठमा सर्वोच्च अदालतको अर्को आदेशपश्चात भने उनी पुनः जेल जीवन बिताउन बाध्य भए। 

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले उनलाई फेरि थुनामा पठाउने आदेश दिएको हो । त्यतिबेला कोइरालाले सर्वोच्च अदालत पुगेर पक्राउ गर्न आग्रह गरेको ताराको भनाई उद्धृत गर्दै उनका निकटस्थले बताए । पक्राउ पुर्जी जारी भएपछि मात्रै नियन्त्रणमा लिने भनिए पनि प्रहरीले सोही दिन उनको नयाँ बानेश्वरस्थित घरबाट सर्वोच्चको आदेशअगावै पक्रेको थियो । 

प्रधानन्यायाधीश राणाले उनलाई रिहाइको आदेश दिएको समयमा कोइरालाले झण्डै साढे ८ वर्ष जेल जीवन बिताइसकेका थिए । त्यो भनेको कैदीले करिब ४० प्रतिशत सजाय कटाएको अवस्था हो- गृह मन्त्रालय स्रोतको भनाइ छ । सम्भवतः चलखेल नगरी चुप लागेर बसेको भए एकाध वर्षमा जेलबाट बाहिर निस्कन सजिलो हुँदै गएको माहौलमा उनले खेलेको खेल प्रत्युत्पादक भएको रेग्मीहरुको बुझाइ छ ।

‘आधा कैद भुक्तान भएपछि चालचलन राम्रो भएको आधारमा विभिन्न अवसरमा कैदी रिहा हुन्छन् । उनले पनि त्यो मौका पाउँथे,तर हतार गरे,’ रेग्मी निकटस्थ स्रोतको बुझाइ छ । यता कुख्यात अपराधी चार्ल्स शोभराज उमेरले ज्येष्ठ नागरिक हुँदा पनि जेलबाट बाहिर आउन सकेका छैनन् । उनको बारेमा कुन न्यायाधीश जिम्मेवारी लिन अग्रसर हुने भन्ने विषयले काम गरेको देखिन्छ । अब रञ्जनको हकमा पनि डरलाग्दो फौजदारी अपराधमा पुनः जेल परेकालाई छुटाउन सर्वोच्चका कुन न्यायाधीशले कलम चोप्लान् त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू