नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

आफूलाई प्रहरीको सई हुँ भन्दै सर्वसाधारणलाई ठग्दै हिँड्ने पुरुष पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ का ४६ वर्षीय सन्तोषकुमार कन्दङ्वालाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

कन्दङ्वाले स्थानीय व्यापारीलाई प्रहरीको सई भन्दै धम्क्याएर पैसा र सामान माग्ने गरेको गुनासो परेपछि उनको खोजी भएको थियो । सोही आरोपमा हिजो पक्राउ गरिएको हो ।

टिप्पणीहरू