ठगी मुद्दामा जेल परेका नाइजेरियन नागरिक देश निकाला

ठगी मुद्दामा जेल परेका नाइजेरियन नागरिक देश निकाला

विद्युतीय कारोबार र ठगी मुद्दामा सजाय काटिरहेका नाइजेरियन नागरिकलाई नेपालबाट निश्कासन गरिएको छ ।  उनलाई दुई वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने आदेशसमेत दिइएको छ । 

काठमाडौं जिल्ला अदालतबाट भएको कैद र जरिवाना रकम भुक्तान गरिसकेका डिडुग्लास अबोकी ओकोरोगवेलाई आज नेपाल एयरलायन्सको विमानबाट भारतको मुम्बईतर्फ पठाइएको छ । 

गत असार ७ गते नेपाल सरकारको सचिवस्तरीय बैठकले पासपोर्ट नम्बर ए०७४१५३७४ भएका ओकोरोगवेलाई देश निकालाको निर्णय गरेको थियो ।

टिप्पणीहरू