क्याविनेट बैठक

सरकारद्वारा प्रदेश र स्थानीय तहको समानीकरण अनुदान स्वीकृत

सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानको परिमाण स्वीकृत गरेको छ ।  हिजो बसेको क्याविनेट बैठकले आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेशतर्फ ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको हो । प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व दुवै तहका लागि समान ७७ अर्ब ५० करोड रुपैयाँ पनि क्याविनेटबाट स्वीकृत भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । क्याविनेट बैठकले तथ्यांक निय…