क्याविनेट बैठकमा के-के भयो निर्णय ?

क्याविनेट बैठकमा के-के भयो निर्णय ?

सरकारले सुशील ज्ञवाली र कुशेन्द्र महतलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ । आज बसेको क्याविनेट बैठकले उनीहरुलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 

क्याविनेट बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइनबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै, ऊर्जा मन्त्रालयअन्तर्गत अमरपुर–साँखु १३२ केभी प्रशारण लाइनको आयोजनाको लागि प्रारम्भिक कामलाई अघि बढाउन अधिकारी तोक्ने, नेपाल र युएईबीचको संयुक्त आयोग र उप–आयोगको सन् २०२३ मा हुने बैठकको नेतृत्व परराष्ट्र सचिवले गर्ने क्याबिनेटको निर्णय छ ।

क्याविनेटले मित्रराष्ट्र श्रीलंकाकाे ७५ औँ वार्षिक उत्सव समारोहमा सहभागी हुन परराष्ट्रमन्त्रीलाई  स्वीकृति पनि दिएकाे छ ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेन, रक्षामन्त्री हरिप्रसाद उप्रेती, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री पदम गिरी, शहरी विकासमन्त्री विक्रम पाण्डे, कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहको उपस्थिति थियो । 

त्यस्तै, उद्योगमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री धुर्वबहादुर प्रधान, पर्यटनमन्त्री सुदन किँराती, परराष्ट्रमन्त्री विमला राई पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, भूमि व्यवस्था तथा सहकारीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल, मुख्यसचिव शंकरदास वैरागी पनि क्याविनेट बैठकमा सहभागी थिए ।
 

टिप्पणीहरू