यी हुन् आज बसेको क्याविनेट बैठकका पाँच निर्णय

यी हुन् आज बसेको क्याविनेट बैठकका पाँच निर्णय

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जली कुमार झालाई नियुक्त गरेको छ ।  

आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याविनेट बैठकले झालाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले निजामती सेवाका ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, क्याविनेटले तेजव तथा अन्य घातक रासायनिक पदार्थ नियामावली २०८० स्वीकृत गर्नुका साथै शिक्षा ऐन र संघीय निजामती सेवाको गठन सञ्चालन सेवाको सर्तसम्बन्धी विधेयक २०८० संसदमा पेश गर्ने निर्णय पनि लिएको छ ।

आजको क्याविनेट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अधिकांश मन्त्रीहरु र मुख्य सचिव बैकुण्ठ अर्यालको सहभागिता थियो ।

टिप्पणीहरू