यस्ता छन् आजको क्याविनेट बैठकले गरेका चार निर्णय

यस्ता छन् आजको क्याविनेट बैठकले गरेका चार निर्णय

सरकारले डेडिकेटेड र ट्रंकलाइन बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग गठन गरेको छ । आज बसेको क्याविनेट बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छानविन आयोग गठन गर्ने निर्णय गरेको हो । 

आयोगमा उद्योग र उर्जा मन्त्रालयका एक-एक जना सहसचिव सदस्य रहने छन् । क्याविनेट बैठकले हाललाई उद्योगीहरुको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

आजको क्याविनेट बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेकाहरुको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेश गरेको राजीनामा क्याविनेटले स्वीकृत गरेको छ । रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने र प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने क्याविनेटको निर्णय छ ।

त्यसैगरी, क्याविनेट बैठकले राष्ट्रिय विकास परिषदमा जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारीमध्येबाट २५ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू