काँग्रेस कोटाका प्रदेश प्रमुखहरु बर्खास्त

काँग्रेस कोटाका प्रदेश प्रमुखहरु बर्खास्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ सिफारिस गरेको छ ।

आज बसेको क्याविनेट बैठकले गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्दै नयाँ मनोनयन गर्ने निर्णय गरेको हो । जसअनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका छन् । 

बर्खास्तीमा परेका प्रदेश प्रमुखहरु यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका थिए । अहिले सिफारिस गरिएका तीनैजना एमालेका हुन् । 

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेश र संघीय सरकारबीच समन्वय होस् भन्ने हिसाबले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

टिप्पणीहरू