माननीय हुस्सु हुँदा १४२ जना मर्माहत
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालका कारण काठमाडौंबाट उड्न ठिक्क परेको एउटा अन्तर्राष्ट्रिय उडान आधा घण्टा ढिलो भएको छ । बैंगलोर जान लागेको नेपाल वायुसेवाको उडान नम्बर आरए २२५ को विमान सबै हिसाबले ठीक दुरुस्त हुँदा पनि अर्यालले घरबाट पासपोर्ट वा नागरिकता नल्याउँदा गत शनिवार दिउँसो उडान ढिलो हुन पुगेको थियो । वैशाख २ गते शनिबार दिउँसो पौने २ बजेको सेड्युलमा रहेको विमान साढे १ बजे यात्रु र लगेज भरेर समयम…