घनश्यामसामु मेयर मीना बम–बम
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ औँ वर्ष पुगेको अवसर पारेर हेटौँडामा नेकपा एकीकृत समाजवादीले अगुवा कार्यकर्ता भेला गरेको थियो । भेलामा मुख्य वक्ता थिए– महासचिव घनश्याम भुसाल । तत्कालीन १० बुँदे भनिएका,पछि निर्वाचनमा पनि अवसर नपाएका र गठबन्धनले स्वतन्त्र उम्मेदवारीलाई अनुमोदनसमेत गरी सघाउ पुर्याएका घनश्यामको बोली र प्रशिक्षण सुन्न सबैजना लालायित भइरहेकै बेला हेटौँडा उपमहानगरपालिकाकी मेयरको एकाएक गर्जन सुनियो हलमा । बिरामी भएर अपरेसन सकी आर…