अर्थतन्त्र उकास्ने कसको आँट !
संकटग्रस्त अर्थतन्त्र सम्हाल्नुपर्ने छ, तर जिम्मेवार पदाधिकारीलाई त्यतातिर ख्याल छैन । प्रधानमन्त्रीदेखि सत्तासाझेदार दलका सबै नेता यो तीतो यथार्थ मान्छन्, तर मान्छे फेरिँदैनन् ।
अर्थमन्त्री डा.प्रकाशरण महतको सन्दर्भमा यस्तो भएको हो । उनले काम गर्न सकेनन् भन्नेमा प्रधानमन्त्री, उनकै पार्टीका सभापति शेरबहादुर देउवादेखि साझेदार नेताहरू सबै एकमत देखिन्छन् । तर, अर्को ल्याऔं भन्दा कोही तयार हुन्नन् । संकटलाई हल गर्ने आर्थिक योजना र कार्यक्रम ल्याउनुपर्ने हो । ‘इकोनोमिकल रिल्याक्स’ क…