सित्तैमा पाएपछि कसले झिक्ने सुको
लगानी करोडमा, आम्दानी हजारमा ! तैपनि यही घाटाको व्यापार गर्न निर्माताहरू अग्रसर छन् । कस्तो विरक्तलाग्दो स्थिति भने पचास लाखमा बनेका केही फिल्मले २ लाखसम्म उठाएको भेटिन्छ । त्यही पनि ‘आलु खाएर पेडाको धाक लगाउने’क्षेत्रको रूपमा चर्चित छ नेपाली सिने जगत् ।
०७९ साउनदेखि ०८० असोज मसान्तसम्म झण्डै ६ दर्जन नेपाली सिनेमा रिलिज भएछन् । तीमध्ये एक दर्जन बाहेक अधिकांशले पोष्टरको पैसा पनि उठाउन सकेनन् । तर तिनै फिल्म युट्युबमा लाखौं लाखले हेरेर युट्युबको ट्रेन्डिङमा …